०८ साउन २०८३, शुक्रबार

ज्योति लाइफको ब्राण्ड एम्बेसडरमा राजेश हमाल निरन्तर

बैशाख २३, २०७९
ज्योति लाइफको ब्राण्ड एम्बेसडरमा राजेश हमाल निरन्तर

ज्योति लाइफको ब्राण्ड एम्बेसडरको रूपमा महानायक  राजेश हमालको निरन्तरता कायम रहने भएको छ ।

कम्पनीको स्थापना काल देखि नै ज्योति लाइफको ब्राण्ड एम्बेसडरमा रहेको महानायक हमाल र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी बीच सम्झौता नवीकरण गरिएको हो ।

सम्झौता पत्रमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्री साथै महानायक राजेश हमालको हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पछि ब्राण्ड एम्बेसडर महानायक हमालले ज्योति लाइफका सेवाहरूको प्रचारात्मक कार्य,  ब्राण्ड प्रवर्द्धन तथा ब्राण्ड संरक्षण सम्बन्धी कार्यहरुमा निरन्तरता दिने भएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले, प्रेरणाको स्रोत, भरोसायोग्य, अग्रणी तथा सरलताले भरिएका अभिनेता महानायकसँगको सहकार्यले ज्योति लाइफको प्रवर्द्धन गर्न थप सहयोग पुग्ने जनाएका छन् ।

यही वैशाख २२ गते सम्झौता पत्रमा हस्ताक्षर भई निरन्तर भएको भएका छन् ।

त्यस्तै महानायक राजेश हमालले पनि ज्योति लाइफको ब्राण्ड एम्बेसडरमा निरन्तरता दिन पाउँदा खुसी लागेको र कम्पनीको प्रगतिमा राम्रो भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्