×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

टीकापुरको चुनाव: ७ दशक पुरानालाई ३ महिने पार्टीको टक्कर, गठबन्धन–एमाले दुवैलाई चुनौती

बैशाख २५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

देशैभर सत्तारुढ ५ दलीय गठबन्धनले आगामी वैशाख ३० गते हुने स्थानीय चुनावको माहोल तताइरहेको छ ।

Sagarmatha Cement
Muktinath Bank

कैलालीको टीकापुरमा वैशाखको ३४ डिग्री गर्मीलाई बेवास्ता गर्दै प्रमुख राजनीतिक दल नेकपा माओवादी केन्द्र र कांग्रेसको गठबन्धन, नेकपा एमाले तथा विभिन्न स्वतन्त्र उम्मेदवारले चुनावी प्रचारलाई जोडतोडले अगाडि बढाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यी सबै दल र स्वतन्त्र उम्मेदवारलाई चुनौती दिँदै साढे ३ महिना अगाडि मात्रै गठन भएको नागरिक उन्मुक्ति पार्टीले चुनावी गर्मीलाई ह्वात्तै बढाएको छ । 


Advertisment
Nabil box
Kumari

निलम्बित सांसद रेशम चौधरीको अगुवाइमा गठन भएको नागरिक उन्मुक्ति पार्टीले कैलालीका सबै १३ वटै स्थानीय तहमा उम्मेदवारी दिएको छ । रेशमकी पत्नी रन्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहे पनि पार्टीको ‘सुपर लिडर’ रेशम नै रहेका स्थानीय नेताले खुलासा गरेका छन् । 

Vianet communication
Laxmi Bank

टीकापुर घटनामा दोषी ठहर भई जेल जीवन बिताइरहेका उनै चौधरीलाई नेता मानेर नागरिक उन्मुक्ति पार्टीले आफ्नो चुनावी सरगर्मी बढाएको छ । निलम्बित सांसदको तस्वीर सहितको चुनावी प्रसार सामग्री बनाएर पार्टीले गाउँगाउँसम्म ढकिया चुनाव चिह्नको प्रचार बढाएको छ । 

टीकापुरका स्थानीय खेमराज सुवेदी छोटो समयमा भएको प्रचार र चुनावी माहोल देखेर छक्क पर्ने गरेको बताउँछन् ।

टीकापुरको सिद्धार्थ होटलमा भेटिएका सुवेदीसँग लोकान्तरकर्मीले गरेको एक कुराकानीमा उनले भने, ‘चुनावी प्रचार, स्थानीयको उपस्थित र चर्को घामसँगैको गर्मीलाई बेवास्ता गरेर ढकियाले प्रचार बढाएको छ । यो पार्टीले गरेको प्रचार हेर्दा यसैले टीकापुरको मेयर सहितका अधिकांश वडामा बाजी मार्छ कि भनेर अड्कल काट्न सकिने भएको छ ।’

सुवेदी भन्छन्, ‘अरु राजनीतिक दलको तुलनामा धेरै माहोल र बढी भीडभाड नागरिक उन्मुक्ति पार्टीमा छ । प्रचारमा निस्किएको र्‍यालीमा पनि ७० प्रतिशत त ढकियाकै चुनाव चिह्न लिएर हिँडेको देखिन थालेको छ ।’ 

चौधरी र थारुको मतदान नै निर्णायक बन्ने टीकापुरमा यही समुदायको चित्त बुझाउने पार्टीले चुनावी नतिजा आफ्नो पोल्टामा पार्न सक्ने देखिन्छ ।

चौधरीको पार्टीले आफ्नै समुदायको उम्मेदवार उठाएको र जातीय भावनाको भोट तान्ने अनुमान पनि अहिल्यै लगाउन थालिएको छ । 

अरु पार्टीको तुलनामा उम्मेदवार छनोटमा भने थारु, चौधरीलाई बढी स्थान दिएको यस पार्टीका चुनावी एजेन्डा भने बलिया छैनन् । केन्द्रीय सांसदले गर्नुपर्ने संविधान संशोधन, थारुको हक सुरक्षित गर्ने, अलग्गै पहिचान सहितको राज्य घोषणा हुनुपर्ने एजेन्डा राखिएका छन् ।

नागरिक उन्मुक्ति पार्टीको संगठन बलियो नभए पनि यसले जातीय भोट, असन्तुष्ट पक्षलाई समेटेको र अरु पार्टीबाट तानेर जिल्ला प्रमुख भित्र्याउने काम गरेको छ । सोही कामका आधारमा आफ्नो पार्टीको सानदार जीत हुने टीकापुर नगरपालिकाका मेयरका उम्मेदवार रामलाल डंगौरा थारुले बताए ।

कैलालीमा यसअघि जितेको एमाले आफ्नो विरासत जोगाउने दाउमा छ । टीकापुर नगरपालिकाका एमाले उम्मेदवार श्याम खत्री यसपटक आफ्नो पकड गत वर्षभन्दा बढेको र गठबन्धन जनताले नरुचाएकै कारण आफूले बाजी मार्ने दाबी गर्छन् ।

उनले अघिल्लो स्थानीय तह निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई पराजित गरेका थिए । यो वर्ष भने नतिजा उल्ट्याउने पक्षमा कांग्रेस छ । कांग्रेस माओवादी गठबन्धनका मेयर नवराज रावल आफ्नो छवि, स्थानीयको आवश्यकता र सबै तहसम्म नै संगठनात्मक कामको प्रभाव स्वरूप आफूहरूले जित्नेमा विश्वस्त छन् ।

अरु पार्टी प्रतिस्पर्धामा नै छैनन्, २० हजार भोट ल्याएर चुनाव जित्छौं– रामलाल डंगौरा, नागरिक उन्मुक्ति पार्टी

कारागारमा रहेका रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीबाट टीकापुर नगरपालिकाका प्रमुख पदका उम्मेदवार रामलाल डंगौराले आफ्नो पार्टीले बहुमतभन्दा धेरै भोट ल्याएर जित्ने बताएका छन् ।

‘हाम्रो पार्टी स्थापना गर्दा ठूला पार्टीबाट ४ जना वडाध्यक्षसहित २१ जना जनप्रतिनिधि आउनुभएको छ । अहिले माओवादी केन्द्रका ७ जना, एमालेका १ जना, समाजवादीका १ जना गरेर कांग्रेसभन्दा धेरै जनप्रतिनिधि भएकाले हामी पहिलो पार्टी हो, अरु हामीभन्दा साना हुन्,’ डंगौराले लोकान्तरसँग भने, ‘अरुले संगठन नभएको पार्टीले कसरी जित्छन् भन्ने आरोप लगाउनुहुन्छ । पार्टीसँग मात्रै जनता हुन्छन् भन्ने छैन, विना पार्टीबाट पनि हाम्रो रेशम चौधरीले जित्नुभएको हो ।’

रामलाल डंगौरा

उनका अनुसार प्रतिस्पर्धा अरु कुनै पार्टीसँग छैन । थारु समुदायको २० हजार मतदाता भएको र त्यसमा ५ हजार यताउता गएर अर्को ३–४ हजार मत बदर हुँदा पनि जित्ने पक्का भएको उनले बताए ।

‘गठबन्धनले त झन् महिलाको अधिकारलाई हनन् गरेको छ, त्यहाँको भोट पनि हाम्रै पार्टीलाई आउँछ,’ उनले भने ।

कैलालीका थारु समुदाय अन्यायमा परेका छन् । टीकापुर घटना राजनीतिक मुद्दा हुँदाहुँदै पनि अपराधी बनाइएको गुनासो छ । ‘थारुलाई पहिचान चाहिएको थिएन तर १० वर्ष जनयुद्ध गरेको माओवादी पार्टीले जनयुद्धमा होमायो । जब हामीलाई पहिचानको आवश्यक थिएन, तब हामीलाई उक्सायो तर आवश्यक परेको समयमा उ पछि हट्यो, यही कुराले गर्दा हामीले फेरि पहिचानको मुद्दालाई अगाडि बढाएका छौं,’ उनले भने । यस अर्थमा सबै पहिचानवादीहरूले नागरिक उन्मुक्ति पार्टीलाई भोट दिने डंगौराले बताए ।

संविधान संशोधन गरेर स्थायित्व गर्न देशभरमा भएका पहिचावादी पार्टीहरू एक भएर संविधान संशोधन गर्ने एजेण्डा पार्टीले बनाएको तथा स्थानीयस्तरमा कुनै गठबन्धन नगरेको र संघको चुनावमा पहिचानवादी पार्टीहरूसँग गठबन्धन गरेर जाने योजना रहेको उनले बताए ।

अहिलेको स्थानीय तह निर्वाचनमा शुरूआत गर्नका लागि पार्टीले कैलालीको टीकापुर नगरपालिका, जानकी गाउँपालिका, कैलाली गाउँपालिका, घोडाघोडी लगायत सबै स्थानीय तहमा उम्मेदवारी दिएको छ ।

‘नेपाली कांग्रेसले ७० वर्ष, एमालेले ५१ वर्ष र पछिल्लो १५ वर्ष माओवादीको शासन सत्ताले हामीलाई दिएको आश्वासन अनुसार काम गरेनन् । त्यही आश्वासन अब हामीले पूरा गर्न आएका हौं,’ उम्मेदवार डंगौराले लोकान्तरसँग भने, ‘ठूला दलले तराईमा कमैया र पहाड हलिया राख्ने प्रवृत्तिलाई चिर्नका लागि ठूला पार्टीका हाम्रा समुदायका मानिसहरू आउनुभएको छ । त्यसको ठूलो संख्या त्यसैका आधारमा पनि हामीले जित्छौं भन्ने आधार हो ।’

‘स्थानीय सरकार जितेर ठूला पार्टीले गरेको भष्टाचार जनताले देखेका छन् । त्यसलाई चिर्दै, नेपाल कृषिप्रधान देश भएकाले कृषिमा हामीले नयाँ योजना ल्याएर अगाडि पार्टीको योजना रहेको छ,’ उनले भने । गरीबीको समस्यालाई सम्बोधन गर्ने गरी पार्टीको उदय भएको उम्मेदवार डंगौराले बताए ।

मतदाताले भोट हालेपछि घोषणा गर्न मात्रै बाँकी छ, हामीले जितिसकेका छौं– नवराज रावल, उम्मेदवार नेपाली कांग्रेस

टीकापुर नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्र सहितको गठबन्धनले ५ वर्षमा गौरवका १० आयोजना भनेर घोषणापत्र सार्वजनिक गरेको प्रमुख पदका उम्मेदवार नवराज रावलले बताए । 

उनका अनुसार ५ वर्षमा टीकापुर पार्कलाई निर्माण सम्पन्न गर्ने, ५ नम्बर प्रदेशलाई जोड्नका लागि संगठेघाटमा पुल निर्माण गर्ने, लगानी सम्मेलनमार्फत औद्योगिक क्षेत्रको स्थापना गर्ने, प्रत्येक वर्ष लगानी गर्ने, पञ्चायतकालमा बन्द भएको हवाइ मैदानलाई सञ्चालन गर्न पहल गर्ने, खेलकुद क्षेत्रलाई टेवा पुर्‍याउन बहुउद्देश्यीय कभर्ड हल निर्माण गर्ने, लागूऔषधलाई नियन्त्रण गर्न पहल गर्ने, बहुउद्देश्यीय कोल्ड स्टोरको स्थापना गर्ने योजना घोषणा पत्रमा सार्वजनिक भएका छन् । 

नवराज रावल

‘सुविधासम्पन्न अस्पताल नभएकाले काठमाडौं र भारतमा उपचार गर्न जाने अवस्थालाई अन्त्य गर्न सुविधासम्पन्न अस्पताल निर्माण गर्ने उदेश्य लिएका छौं,’ उम्मेदवार रावलले लोकान्तरसँग भने, ‘टीकापुरलाई प्राविधिक शिक्षाको हब बनाउने रणनीति ल्याएर विकसित गर्ने सोच बनाएका छौं । मावि स्तरसम्म शिक्षालाई निःशुल्क बनाउने, छिमेकी नगरपालिकाको सहकार्यमा बाहिरी रिङरोड र टीकापुरमा भित्रि रिङरोड बनाउने योजना बनाएका छौं । सुकुम्बासी, मुक्त कमैयालाई व्यवस्थित बसोबास व्यवस्था गर्ने योजना बनाएका छौं ।’

टीकापुरका संघ–संस्थामा बसेर राम्रो काम गरेकाले गठबन्धनलाई भोट हालेर जिताउने उनको दाबी छ । ‘मतदाताले भोट हालेपछि घोषणा गर्न मात्रै बाँकी छ । हामीले जितिसकेका छौं । कुनै पनि शक्तिले हराउन सक्दैन । २०७४ सालको स्थानीय चुनावमा ५ हजार ५१४ भोट ल्याएका हौं, अहिले ९ हजार ल्याएर जित्छौं,’ उम्मेदवार रावलले लोकान्तरसँगको कुराकानीमा भने ।

अघिल्लो चुनावभन्दा ८ हजार बढी भोट ल्याएर जित्छौं– श्याम खत्री, एमाले उम्मेदवार

२०७४ सालको स्थानीय निर्वाचनमा प्रमुख जितेको एमाले टीकापुरमा अहिले पनि ढुक्क भएर बसेको दाबी उम्मेदवार श्याम खत्रीले गरेका छन् । 

श्याम खत्री

‘हिजो स्थानीय तहको सरकारमा रहँदा पूरा गर्न नपाएका कामलाई पूरा गर्नका लागि एमाले फेरि आएको छ । त्यसलाई पूरा गर्न पनि जनताले मत दिन्छन् । शिक्षा विना अरु अगाडि बढ्न सक्दैन भन्ने लागेर शिक्षालाई प्रमुख प्राथमिकता दिएका छौं,’ उम्मेदवार खत्रीले लोकान्तरसँग भने, ‘कृषिमा ३५ प्रतिशत जनता आश्रित भएका कारणले त्यसलाई आधुनिकीकरण गर्न दोस्रो प्राथमिकतामा राखेका छौं । टीकापुर देशको नमूना नगरपालिका भएकाले यहाँको पर्यटनलाई प्रवर्द्धन गर्न योजना बनाएका छौं । यसलाई प्रचारप्रसार गरेर रोजगारको सिर्जना गर्न सकिन्छ भनेर तेस्रो प्राथमिकतामा राखेका छौं ।’

स्वास्थ्य लगायतका छोटा र दीर्घकालीन योजना अगाडि बढाएका कारणले जनताले एमालेलाई भोट दिने दाबी खत्रीको छ ।

‘नगरलाई यहाँसम्म पुर्‍याउन एमालेको योगदान छ । विकास निर्माणका केही सपना जनतालाई बाँडेका छौं । त्यो पूरा गर्नका लागि एमालेलाई भोट दिन खत्रीले आग्रह गरेका छन् । लम्की–खगौला सडक खण्ड बन्दैछ, बनाउन बाँकी छ, त्यसलाई सम्पन्न गर्न, भन्सारमा भौतिक पूर्वाधार पूरा हुन सकेको छैन, त्यसलाई पनि पूरा गर्ने र टीकापुरमा भएको पार्कको भौतिक संरचना सडक बनाउनका लागि पनि भोट दिने आशा छ,’ उनले भने, ‘२०७४ सालको स्थानीय तह निर्वाचनमा ५ हजार ९६४ भोट ल्याएर जितेका थियौं । अहिले हामीसँग कोही पनि प्रतिस्पर्धामा छैनन्, हामीले पहिला भन्दा ८ हजार भोट ल्याएर जित्छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x