बैशाख २८, २०७९
जेठबाट शिक्षण संस्था पनि हप्तामा दुई दिन बिदा हुने भएको छ । सरकारले परीक्षणका रुपमा जेठ १ गतेदेखि शनिवार र आइतवार गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । विद्यालय समय बिहान १० ...
काठमाडाैं | बैशाख २५, २०७९
अध्येता कृष्णप्रसाद पराजुलीले संज्ञानात्मक भाषा विज्ञान (कग्निटिभ लिङ्ग्विस्टिक्स)मा विद्यावारिधि गरेका छन् ।
संज्ञानात्मक भाषा विज्ञानमा विद्यावारिधि गर्नेमा पराजुली नेपालकै पहिलो व्यक्ति भएको दाबी उनले गरेका छन् ।
‘संज्ञानात्मक भाषा विज्ञानमा सबैभन्दा पहिलो विद्यावारिधि मैले हासिल गरेको छु । यो अध्ययन दक्षिण एसियामा दोस्रो हो,’ पराजुलीले भने ।
यसअघि भारतका भुवना नरसिंहनले यस विधामा अंग्रेजी र हिन्दीको तुलनात्मक अध्ययन गरेको पराजुलीले बताए ।
पराजुलीले फ्रान्सको लियोँस्थित लुमिएख विश्वविद्यालयबाट भाषाविज्ञानअन्तर्गत विद्यावारिधिको उपाधि पाएका हुन् ।
‘विद्यावारिधिको क्रममा मैले गरेको शोधकार्यले नेपालमा बोलिने लोपोन्मुख र अन्य भाषाका क्षेत्रमा पनि प्रकारात्मक अध्ययनका लागि बाटो खुलाएको छ,’ पराजुलीले भने । उनले ‘मोसन इभेन्ट्स इन नेपाली’ शीर्षकमा विद्यावारिधिको शोधकार्य गरेका छन् ।
पर्वतका पराजुलीले आफ्नो अनुसन्धानमा नेपाली भाषाका क्रिया, विशेष गरी गतिवोधक क्रिया (पस्नु, निस्कनु, हिँड्नु, दौडनु)मा कुनै पनि वक्ताले आफ्नो कुरा कसरी व्यक्त गर्छन् वा अवधारणा राख्छन् भन्ने उल्लेख गरेको बताए ।
पराजुलीको शोधलाई लुमिएख विश्वविद्यालयका प्रा. डा. अनेता कोपेच्का र अमेरिकाको विश्वविद्यालयका प्रा. डा. स्कट डिलान्सेले निर्देशन गरेका थिए । पराजुलीलाई गत शुक्रवार नेपालस्थित फ्रान्सेली दूतावासमा आयोजित समारोहमा नेपालका लागि फ्रान्सेली राजदूत जिल बुखबाओले विद्यावारिधिको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
जेठबाट शिक्षण संस्था पनि हप्तामा दुई दिन बिदा हुने भएको छ । सरकारले परीक्षणका रुपमा जेठ १ गतेदेखि शनिवार र आइतवार गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । विद्यालय समय बिहान १० ...
राष्ट्रिय बहिरा महासंघ नेपालले बहिरा व्यक्तिलाई गुणस्तरीय शिक्षाको लागि ‘एक जिल्ला, एक बहिरा विद्यालय’को व्यवस्था गर्नुपर्ने माग गरेको छ । महासंघद्वारा सोमवार आयोजित ‘अपाङ्गता भएका व्यक्तिको स...
शिक्षक सेवा आयोगले चैत १५ गते लिएको माध्यमिक तह तृतीय श्रेणीको शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) तर्फको नतिजा सार्वजनिक गरेको छ । मंगलवार सार्वजनिक गरिएको नतिजाहरू प्रदेशगतरुपमा...
सरकारले हरेक शुक्रबार ४ बजेसम्म नै पठनपाठन सञ्चालन गर्ने र बर्खे तथा हिउँदे बिदा घटाएर हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । सरकारले आगामी जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वज...
युरो किड्सले प्रि-स्कूलको नयाँ पाठ्यक्रम सुरू गरेको छ। बालबालिकाहरूको समग्र विकास सुनिश्चित गर्नको लागि EUNOIA नामक पाठ्यक्रमको सुरुवात गरेको हो। यस पाठ्यक्रमले बालबालिकाको सर्वाङ्गिण विकासको लागि...
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुदूरपश्चिमको डडेलधुरामा मेडिकल कलेज सञ्चालन गर्ने घोषणा गरेको छ । सुदूरपश्चिम विश्वविद्यालयसँगको सहकार्यमा डडेलधुरामा मेडिकल कलेज सञ्चालन गर्ने आगामी आ...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...
स्थानीय निर्वाचनको नतिजाले फरक तरंग सिर्जना गरेको छ । हरेक सरोकारवाला, राजनीतिका शुभचिन्तक, राजनीतिशास्त्री, राजनीतिकर्मी सबैलाई धेरै कुरा सिकाएको छ । चुनाव स्थानीय थियो, शिक्षाचाहिँ राष्ट्रिय दिएको छ । मतदात...
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...