×

NMB BANK
NIC ASIA

नेपालगञ्ज उपमहानगरमा दुईतिहाइ मत ल्याएर जित्ने गठबन्धनको दाबी, विरासत जोगाउने दाउमा राप्रपा

बैशाख २७, २०७९

NTC
Sarbottam
नेपालगञ्ज उपमहानरपालिकाका एमाले, काँग्रेस र राप्रपाका उम्मेदवार
Premier Steels
Marvel

नेपालगञ्ज शहर वैशाखको चर्को गर्मी जत्तिकै चुनावी सरगर्मीले तातेको छ । दिनको चर्को घाममा नेपालगञ्जका होटल तथा पार्टी प्यालेसबाट नेताहरूले हरेक दिन चुनाव जित्ने एजेन्डा, प्रचारप्रसारको शैंली र प्रतिपक्षीलाई कमजोर बनाउने अस्त्र तय गरिरहेका छन् ।

Muktinath Bank

त्यही योजनालाई झण्डा र ब्यानरमा बोकेर दिउँसो ३७ डिग्री सेल्सियसको तातोमा नेता–कार्यकर्ता भोट माग्न घरदैलो गर्नमै व्यस्त छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपालगञ्ज उपमहानगर जित्ने हिसाबकिताब गरेरै प्रमुख ३ पार्टीका उम्मेदवार प्रतिस्पर्धाको मैदानमा उत्रिएका छन् । यस पटकको चुनावमा केन्द्रको निर्देशनअनुसार माओवादी, जनता समाजवादी, कांग्रेस र नेकपा एकीकृत समाजवादीको गठबन्धन भएको छ ।


Advertisment
Nabil box
Kumari

गठबन्धनबाट कांग्रेसका प्रशान्त विष्ट प्रतिस्पर्धाको मैदानमा बलियो दाबेदारी पेश गर्दै उत्रिएका छन् । उनीसँग प्रतिस्पर्धा गर्न यसअघि २०७४ सालमा जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उम्मेदवार नन्दलाल वैश्य तम्तयार छन् । गठबन्धन अपवित्र भएको र असन्तुष्ट हुनेहरूको भोट काटेर आफ्नो पकड जमाउने विश्वासका साथ एमालेका उम्मेदवार पशुपति दयाल मिश्र पनि उत्तिकै बलियोसँग आफूलाई प्रस्तुत गरिरहेको बताउँछन् ।

Vianet communication
Laxmi Bank

करीब ८२ हजार मतदाता रहेको नेपालगञ्ज उपमहानगरपालिकामा सदर मत ५८ हजार जति खस्ने र त्यसमध्ये दुईतिहाइ बहुमत ल्याएर जित्ने हिसाब गठबन्धनको छ । महानगरको २३ वडामा अधिकांश आफ्नै भागमा पर्ने गठबन्धनको दाबी छ ।

बाँकेका ८ स्थानीय तहमा गरेको तालमेलले २ वटा गाउँपालिका एमालेलाई र एउटा राप्रपाले लैजाने र बाँकी ५ वटा गाउँपालिकासहित उपमहानगरको प्रमुख र उपप्रमुख दुवै गठबन्धनले जित्ने अपेक्षा गरिएको जनता समाजवादी पार्टीका नेता तथा संघीय सांसद मोहम्मद इस्तियाक राईले बताए । 

राईले लोकान्तरसँग भने, ‘यसअघि कांग्रेसले राप्रपासँग गठबन्धन गरेको र मेयर पद पाएकाले मात्रै राप्रपाले नेपालगञ्ज उपमहानगरको मेयर जितेको थियो ।’ 

एमालेले ल्याएकोभन्दा कम्तिमा १५ हजार बढी मत ल्याएर गठबन्धनले जित्ने हिसाब निस्किसकेको जसपा नेता राईले दाबी गरे । 

पुरानो विरासत जोगाउन सक्छौं : राप्रपा उम्मेदवार नन्दलाल

आफू उद्योग वाणिज्य महासंघको अध्यक्ष भइसकेको र त्यतिबेला गरेको कामले उद्योग व्यापारिक क्षेत्रमा आफ्नो योगदान भएको राप्रपाबाट नेपालगञ्ज उपमहानगरका मेयरका उम्मेदवार नन्दलाल वैश्यले बताए । 

वैश्यले भने, ‘स्थानीय युवा, महिलालाई रोजगारी दिने, स्थानीय विकासमा आफ्नो योगदान उल्लेख्य हुन्छ ।’ अहिले पनि राप्रपाकै मेयर रहेका र पार्टीले अहिलेसम्म गरेको कामबाट प्रभावित भएका स्थानीयले आफ्नो पार्टीलाई फेरि मत दिएर जिताउने दाबी वैश्यको छ । 

राप्रपाबाट निर्वाचित मेयर धवलशमशेर राणाले गरेका कामको अनुशरण गर्ने र जनताको पक्षमा सबै सकारात्मक कामको एजेन्डालाई बोक्ने पनि उनले बताए । यसअघि एमाले, कांग्रेस, माओवादी, राप्रपाका नेताले ल्याएको एजेन्डालाई आफूहरूको पनि साथ रहेको बताउँदै उनले भने, ‘राम्रा एजेण्डा जसको भए पनि अगाडि बढाउन प्रतिबद्ध छु । जनताका लागि काम गर्ने भएकाले स्थानीय विकासका लागि ल्याएका राम्रा एजेन्डालाई छाड्ने होइन, सँगै लिएर जाने दाबी पनि वैश्यले गरेका छन् ।

यसपटक भएको ५ दलीय गठबन्धन आपसमा लडेको र मतदातालाई भोट हाल्न असहज हुने हुँदा त्यताबाट असन्तुष्ट मतदाता आफ्नो पक्षमा आउने बुझाइ पनि वैश्यको छ ।

उपमहानगरका १५ वडासहित मेयर पदमा आफ्नो पार्टीले जित्ने दाबी गर्दै वैश्यले न्यूनतम २५ हजार भोट राप्रपाले पाउने बताए । यो मत अन्य पार्टीको भन्दा बढी हुने भएकाले पनि अहिलेको विरासत जोगाउन आफूहरू तयार रहेको उनले बताए ।

आफूले जितेमा आगामी ५ वर्ष तलबभत्ता नलिने र त्यो रकमलाई समाजसेवामा खर्च गर्ने घोषणा वैश्यले गरेका छन् । उनले स्थानीय जनताको काम गर्ने पद मेयर भएकाले आफूले जिते पूरै ५ वर्षे कार्यकालमा जनताको सेवामा प्रभावकारी काम गर्ने बताए ।

गठबन्धनले अरु पार्टीलाई पत्तासाफ गर्छ : प्रशान्त विष्ट, गठबन्धनका उम्मेदवार

सत्ता गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार नेपाली कांग्रेसका प्रशान्त विष्टले जीतको ठूलो आधार नै गठबन्धन रहेको बताएका छन् ।

लामो समयदेखि राजनीतिमा लागेको र प्रमुख र उपप्रमुख दुवै युवा भएकाले जनताले भोट हाल्ने विश्वास लिएको विष्टले बताए ।

‘यो टीमले जितेको खण्डमा केन्द्रीय सरकारलाई पनि डो¥याएर विकास गर्नसक्छ भन्ने विश्वास जनतालाई छ । यसभन्दा अगाडिको सरकारले केन्द्रसम्म पहुँच नभएकाले विकास गर्न सकेको छैन । त्यसलाई चिर्नका लागि पनि गठबन्धनले जित्नुपर्छ,’ उम्मेदवार विष्टले लोकान्तरसँग भने, ‘नेपालगञ्जलाई विकास गर्ने पहिलो उद्देश्य हो, अहिले पनि वडाहरू विकट गाउँभन्दा कम छैनन्, त्यसलाई शहर बनाउन पनि गठबन्धन लाग्छ ।’

कांग्रेस बजार क्षेत्रको मात्र नभएर सम्पूर्ण ठाउँको विकास गर्नुपर्छ भनेर अगाडि आएको र अहिलेको गठबन्धनको अवस्थालाई हेर्दा गठबन्धनभन्दा बाहिरको पार्टीले जित्ने कल्पनासम्म पनि गर्न नमिल्ने दाबी विष्टले गरे । 

‘निश्चय पनि हामीले जित्छौं । अघिल्लो चोटी जितेको पार्टीले कुनै विकास गर्न सकेको छैन र विकासका एजेण्डा पनि देखिँदैनन् । राष्ट्रिय राजनीतिमा त्यो पार्टीको कुनै भूमिका नभएकाले जिताउँदा खासै अर्थ देखिँदैन,’ उनले भने ।

गठबन्धन र उम्मेदवारीको प्रतिनिधित्वको आधारले गर्दा जित्ने पक्का भएको र सरकारमा रहेको कांग्रेस पार्टी सहितको गठबन्धनको एजेण्डा नै जित्ने आधार भएको उनको दाबी छ । ‘नेपालगञ्ज सामाजिक सद्भावको शहर हो, त्यसलाई बचाउनु पहिलो एजेण्डा हो । दोस्रो नेपालगञ्जमा शिक्षा र स्वास्थ्य क्षेत्र पछाडि छ । यसलाई औद्योगिक क्षेत्रको रूपमा मात्रै हेरिन्थ्यो, त्यसलाई चिर्नका लागि हामीले शिक्षा र स्वास्थ्यको हबको रूपमा विकास गर्ने योजना बनाएका छौं,’ उम्मेदवार विष्टले भनें । उनका अनुसार स्वास्थ्य र शिक्षामा थप लगानी गरेर रोजगारी बढाउने योजना छ ।


अघिल्लो चुनावमा जितेको राप्रपाले नेपालगञ्जमा भएका गोसाइ, भागवानपाउ लगायतका १० भन्दा धेरै तालतलैया पुरेर प्लटिङ गरेको छ । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले ल्याएको परियोजनालाई राप्रपाले आफ्नो परियोजना भन्नु सत्य नभएको विष्टले दाबी गरे । कागजातको काम नेपाली कांग्रेसले गरेको र ल्यान्डफिल्ड साइड लगायतका विषयमा पनि योजना ल्याएको उनले बताए ।

‘नेपालगञ्जका २३ वडामै गठबन्धनले जित्छ, अरु पार्टीले जित्ने सम्भावना न्यून छ । हामीले ८२ हजार मतदातामा ३५ हजार मत ल्याएर जित्छौं,’ उनले भने ।

२५ हजार भोट ल्याएर एमालेले जित्छ : पशुपति दयाल मिश्र, एमाले उम्मेदवार

नेपालगञ्जमा हुने विकासको काममा एमाले जहिले पनि अगाडि रहेको एमालेका उम्मेदवार पशुपति दयाल मिश्रले बताए । ‘यहाँ राजधानी ल्याउने कुरा, एयरपोर्ट बनाउने कुरा, ल्यान्डफिलसाइड लगायतमा हामी सक्रिए भएर काम गर्दै आएका छौं । एडीबी प्रोजेक्ट लगायतमा हाम्रो सहभागिता थियो,’ मिश्रले लोकान्तरसँगको कुराकानीमा भने, ‘एमालेले यो नगरलाई विकास गर्न नयाँ भिजन ल्याएर आएको छ । भौतिक विकास, मानवीय र आर्थिक विकासलाई अगाडि बढाउन लागेका छौं । स्वास्थ्यको क्षेत्रमा यस क्षेत्रका नागरिकलाई बीमा योजनामा जोडेर १ लाख रुपैयाँको निःशुल्क बीमा बनाउन लागेका छौं ।’

ओपीडीमा जाँच गराउँदा ५ हजार रुपैयाँ र अस्पतालमा भर्ना हुँदा १ लाख रुपैयाँसम्म तुरुन्तै उपलब्ध गराउने गरी बीमा गर्ने एजेण्डा तय गरेको मिश्रले बताए ।

‘भेरी अस्पताललाई पीडीआईको रूपमा विकास  गर्ने योजना बनाएका छौं, जसले यो स्वास्थ्यको हब हुन्छ । उपमहानगरपालिकाबाट ५ जना डाक्टर राख्ने तयारी एमालेले गरेको छ,’ उनले भने ।

शिक्षा क्षेत्रका विशेषज्ञबाट डिजिटल माध्यममा स्मार्ट सिकाइ गराउने योजना एमालेले अगाडि सारेको छ । जसमा अडियो र भिडियो माध्यमबाट पढाइ हुनेछ । मदरसा शिक्षालाई पनि गुणस्तरीय बनाउने योजना ल्याउने बताइएको छं । उनले अहिलेको अवस्थामा नेपालगञ्जबाट २५ हजारभन्दा धेरै भोट ल्याएर जित्ने आकलन एमालेको रहेको बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x