०४ साउन २०८३, सोमबार

ऋणपत्र जारी गर्न लुम्बिनी विकास बैंकले नबिल इन्भेष्टमेन्टलाई बनायो बिक्री प्रबन्धक

बैशाख २८, २०७९
ऋणपत्र जारी गर्न लुम्बिनी विकास बैंकले नबिल इन्भेष्टमेन्टलाई बनायो बिक्री प्रबन्धक

लुम्बिनी विकास बैंक लिमिटेडले ‘११% एल.बि.बि.एल डिबेञ्चर २०८९’ ऋणपत्र जारी गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

१ हजार अंकित दरको १० लाख कित्ताले हुन आउने १ अर्ब रुपैयाँ रकम बराबरका उक्त ऋणपत्रको अवधि १० वर्ष रहेको र ब्याजदर ११%  प्रतिशत रहेको छ । 

उक्त सम्झौतामा लुम्बिनी विकास बैंक लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले बुधवार हस्ताक्षर गरेका छन् ।

प्रस्तावित ऋणपत्र नियमनकारी निकायहरुकोे स्विकृति पश्चात निश्कासन गरिने बैंकले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्