०८ साउन २०८३, शुक्रबार
नाम जुधेर हैरान

प्रधानमन्त्रीको गाउँमा शेरबहादुर नै शेरबहादुर, देउवा थरका मात्रै १३ जना

प्रधानमन्त्रीको गाउँमा शेरबहादुर नै शेरबहादुर, देउवा थरका मात्रै १३ जना

प्रधानमन्त्री शेरबहादुर देउवाको गाउँमा शेरबहादुर नै शेरबहादुर भेटिएका छन् । 

देउवा थरका शेरबहादुर मात्रै १३ जना छन् । यो गाउँमा अन्य थरका १० शेरबहादुरसहित एउटै गाउँमा २३ जना शेरबहादुर छन् । 

शेरबहादुर नै शेरबहादुरको भीडमा कुन चाहिँ प्रधानमन्त्री देउवा हुन् भनेर झट्ट छुट्याउन गाह्रो पर्छ । २७ वर्षको युवा शेरबहादुरदेखि ७७ वर्षसम्मका वृद्ध शेरबहादुर गरी दुई दर्जन शेरबहादुर एउटै गाउँमा छन् । 

प्रधानमन्त्री देउवा कुन हुन् भनेर पत्ता लगाउन निर्वाचन आयोगको मतदाता सूचीमा रहेको उनको बुबाआमा र श्रीमतीको नामसँग भिडाउनुपर्छ । 

७६ वर्षीय प्रधानमन्त्री देउवाका बुबा प्रसाद सिंह र आमा द्रोपती हुन् । उनको श्रीमतीको नाम आरजु देउवा राणासमेत उल्लेख भएकोले सोही नामबाट खोज्नुपर्छ ।

प्रधानमन्त्री देउवा, उनकी श्रीमती आरजु र छोरा जयवीर सिंहको पनि डडेल्धुरामै मतदाता नामावली छ । यसपटकको चुनावमा मतदान गर्न देउवा डडेल्धुरा पुगिसेकका छन् ।

प्रधानमन्त्रीको गाउँ गन्यापधुराको रुवाखोला हो । उनको गाउँमा २७ वर्षीय अविवाहित युवा शेरबहादुरदेखि अरू थरका पनि शेरबहादुर छन् । 

प्रधानमन्त्री देउवाले भोलि (शुक्रवार) हुने स्थानीय तह निर्वाचनका लागि गन्यापधुरा गाउँपालिकाको असिग्राम माविस्थित रुवाखोलामा तोकिएको मतदान केन्द्र पुगेर मतदान गर्नेछन् । 

निर्वाचन आयोगका अनुसार गन्यापधुरामा १० हजार ४१४ जना मतदाता छन् । प्रधानमन्त्री देउवाले विद्यालय तह अध्ययन गरेको पनि यही असिग्राम मावि नै हो ।

गन्यापधुरा गाउँपालिका १ का वडा अध्यक्ष चेतराम भट्टका अनुसार अन्य ठाउँमा राम, श्याम भनेजस्ते बढी प्रयाेग हुने सामान्य नभएकाेले धेरैकाे नाम शेरबहादुर भएकाे हाे । प्रधानमन्त्री भएर उनैकाे जस्ताे राजनीतिमा सफल हुन राखिएकाे नाम शेरबहादुर नभएकाे पनि भट्टले बताए । नयाँ पुस्ता धेरै नभएर पुराना पुस्ता र प्रधानमन्त्री देउवाकै समकालीनहरुकाे नाम शेरबहादुर नै भएकाे जानकारी भट्टले दिए ।

salt training

कमेन्ट गर्नुहोस्