×

NMB BANK
NIC ASIA

नाम जुधेर हैरान

प्रधानमन्त्रीको गाउँमा शेरबहादुर नै शेरबहादुर, देउवा थरका मात्रै १३ जना

बैशाख २९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री शेरबहादुर देउवाको गाउँमा शेरबहादुर नै शेरबहादुर भेटिएका छन् । 

Muktinath Bank

देउवा थरका शेरबहादुर मात्रै १३ जना छन् । यो गाउँमा अन्य थरका १० शेरबहादुरसहित एउटै गाउँमा २३ जना शेरबहादुर छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शेरबहादुर नै शेरबहादुरको भीडमा कुन चाहिँ प्रधानमन्त्री देउवा हुन् भनेर झट्ट छुट्याउन गाह्रो पर्छ । २७ वर्षको युवा शेरबहादुरदेखि ७७ वर्षसम्मका वृद्ध शेरबहादुर गरी दुई दर्जन शेरबहादुर एउटै गाउँमा छन् । 


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री देउवा कुन हुन् भनेर पत्ता लगाउन निर्वाचन आयोगको मतदाता सूचीमा रहेको उनको बुबाआमा र श्रीमतीको नामसँग भिडाउनुपर्छ । 

Vianet communication
Laxmi Bank

७६ वर्षीय प्रधानमन्त्री देउवाका बुबा प्रसाद सिंह र आमा द्रोपती हुन् । उनको श्रीमतीको नाम आरजु देउवा राणासमेत उल्लेख भएकोले सोही नामबाट खोज्नुपर्छ ।

प्रधानमन्त्री देउवा, उनकी श्रीमती आरजु र छोरा जयवीर सिंहको पनि डडेल्धुरामै मतदाता नामावली छ । यसपटकको चुनावमा मतदान गर्न देउवा डडेल्धुरा पुगिसेकका छन् ।

प्रधानमन्त्रीको गाउँ गन्यापधुराको रुवाखोला हो । उनको गाउँमा २७ वर्षीय अविवाहित युवा शेरबहादुरदेखि अरू थरका पनि शेरबहादुर छन् । 

प्रधानमन्त्री देउवाले भोलि (शुक्रवार) हुने स्थानीय तह निर्वाचनका लागि गन्यापधुरा गाउँपालिकाको असिग्राम माविस्थित रुवाखोलामा तोकिएको मतदान केन्द्र पुगेर मतदान गर्नेछन् । 

निर्वाचन आयोगका अनुसार गन्यापधुरामा १० हजार ४१४ जना मतदाता छन् । प्रधानमन्त्री देउवाले विद्यालय तह अध्ययन गरेको पनि यही असिग्राम मावि नै हो ।

गन्यापधुरा गाउँपालिका १ का वडा अध्यक्ष चेतराम भट्टका अनुसार अन्य ठाउँमा राम, श्याम भनेजस्ते बढी प्रयाेग हुने सामान्य नभएकाेले धेरैकाे नाम शेरबहादुर भएकाे हाे । प्रधानमन्त्री भएर उनैकाे जस्ताे राजनीतिमा सफल हुन राखिएकाे नाम शेरबहादुर नभएकाे पनि भट्टले बताए । नयाँ पुस्ता धेरै नभएर पुराना पुस्ता र प्रधानमन्त्री देउवाकै समकालीनहरुकाे नाम शेरबहादुर नै भएकाे जानकारी भट्टले दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x