
स्थानीय तह निर्वाचनका लागि तनहुँमा ३२ महिलालाई मतदान अधिकृतको जिम्मा दिइएको छ ।
जिल्लाका विभिन्न स्थानीय तहका मतदान केन्द्रमा ३२ महिलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मतदान अधिकृतको जिम्मेवारी पाउनेमध्ये अधिकांश माध्यमिक तहका शिक्षक छन् । जिल्लाका १३६ मतदानस्थलमा २९७ मतदान केन्द्र निर्धारण गरिएको मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुंगानाले जानकारी दिए । यसपटक कुनै पनि मतदान केन्द्रमा सबै कर्मचारी महिला मात्रै परिचालन गरिएको छैन । विगतका स्थानीय तह निर्वाचनमा केही मतदान केन्द्रमा सबै कर्मचारी महिला मात्रै परिचालन गरिएको थियो ।