१० साउन २०८३, आइतबार
स्थानीय चुनाव

देशभर मतदान शुरू

बैशाख ३०, २०७९
देशभर मतदान शुरू
तस्वीरः राजु बास्कोटा ।

स्थानीय तहका पदाधिकारी चयन गर्न देशभर मतदान शुरू भएको छ । अधिकांश स्थानमा मतदान शुरू भएको निर्वाचन आयोगले जनाएको छ । 

मतदान शुरू हुन ढिला भएका कतिपय स्थानमा केहीबेरमा शुरू हुँदैछ । मतदानका लागि सर्वसाधारणहरू लाइनमा बसेका छन् । पानी परेका कारण कतिपय स्थानमा मतदान शुरू हुन ढिला भएको हो । 

निर्वाचनका लागि शान्ति सुरक्षा कडा बनाइएको गृह मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुराबाट मतदान गर्दैछन् । 

मतदान आजै ५ बजे सकिने र आजै मतगणना शुरू गर्ने निर्वाचन आयोगको तयारी छ ।

निर्वाचनमा १० हजार ७ सय ५६ मतदानस्थलका २१ हजार ९ सय ५५ मतदान केन्द्रहरूबाट १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले मतदान गर्दैछन् । 

३५ हजार २२१ जनामध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनौट गर्नका लागि मतदान हुँदैछ । 

salt training

कमेन्ट गर्नुहोस्