३१ असार २०८३, बुधबार

प्रधानमन्त्री देउवाले भने : निर्वाचन सफलतापूर्वक सम्पन्न भयो, सबैलाई धन्यवाद

बैशाख ३०, २०७९
प्रधानमन्त्री देउवाले भने : निर्वाचन सफलतापूर्वक सम्पन्न भयो, सबैलाई धन्यवाद

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको बताएका छन् ।

शुक्रवार मतदान सम्पन्न भएपछि सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले यस्तो बताएका हुन् ।

ट्वीटरमा प्रधानमन्त्री देउवाले लेखेका छन्,‘स्थानीय तह निर्वाचनमा उत्साह पूर्वक सहभागी भएर निर्वाचनलाई सफलता पूर्वक सम्पन्न गराउनु भएकोमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरू, निर्वाचन सम्पन्न गराउन अहोरात्र खटिनु भएका निर्वाचन आयोग, राष्ट्र सेवक कर्मचारी,सुरक्षा निकाय, राजनीतिक दल लगायत सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।'

salt training

कमेन्ट गर्नुहोस्