
मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका-१ मा एमालेका उम्मेदवार छोम्फेल विष्टले अग्रता लिएका छन् ।
घोषित मत परिणाम अनुसार पालिका अध्यक्षमा एमालेका विष्टले १ सय ८१ मतसहित अग्रता लिएका छन् ।
अध्यक्षमा नेकपा एसका देवबहादुर गुरङले ९३ मत पाएको निर्वाचन अधिकृत नेपालहरी रानाभाटले जानकारी गराए ।
त्यसैगरी उपाध्यक्षमा पनि एमालेकी छिरिङ ह्लामो गुरूङले १ सय ५८ मतसहित अग्रता लिएकी छन् ।
उपाध्यक्षमा कांग्रेसकी लक्ष्मी गुरूङले १ सय ६ मतले पछ्याएका छन् ।
लो-घेकर दामोदर कुण्ड गाउँपालिका-१ मा वडाध्यक्षमा एमालेका टसीढिण्डु ठकुरी, ३ नम्बर वडाध्यक्षमा एमालेकै झियान तिजिन गुरुङ र ४ नम्बर वडाध्यक्षमा एमालेकै झियानछुसाङ गुरुङ निर्विरोध निर्वाचित भएका थिए ।