
सर्लाहीको हरिपूर्वा नगरपालिकामा ६८३ मत गणना हुँदा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
कांग्रेसबाट मेयरका उम्मेदवार विनोदकुमार साह तेलीले १९४ मत ल्याएर अग्रता लिएका छन् ।
नेकपा एमालेका जयप्रकाश यादवले १६५ मत, जसपाका योगनारायण यादवले १४३ मत र जनमतका दिनेशराय यादवले ११५ मत ल्याएका छन् ।
त्यसै गरी उपमेयरमा नेपाली कांग्रेसकी सुमित्रादेवी ग्वारनीले १९४ मत, नेकपा एमालेकी अंगुरी खातुनले १६४ मत, जसपाकी सुनितादेवी यादवले १४५ मत र जनमतकी निलमकुमारी साहले ११४ मत ल्याएका छन् ।