१८ असार २०८३, बिहीबार

हेटौंडा उपमहानगरपालिकाका ४ वडाको मतगणना शुरू

बैशाख ३१, २०७९
हेटौंडा उपमहानगरपालिकाका ४ वडाको मतगणना शुरू

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मतगणना शनिवार बिहानदेखि शुरू भएको छ ।

मतगणनाबारे निर्णय लिन शुक्रवार राति बसेको सर्वदलीय सर्वपक्षीय बैठकले शनिवार ७ बजेदेखि मतगणना थाल्ने निर्णय गरेको भए पनि केहीबेर अघिदेखि मात्रै मतगणना शुरू भएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।

मतगणना हेटौंडा–२ स्थित सिद्धार्थ माविको मतदान केन्द्रमा शुरू भएको हो । उनका अनुसार हेटौंडाको ४ वडाको मतगणना एकैपटक शुरू भएको छ । ती वडा नम्बर १, २, १८ र १९ छन् ।

मतगणनास्थलमा सुरक्षा व्यवस्थाका लागि तारजालीको प्रबन्ध मिलाइएको छ भने पारदर्शीतालाई मध्यनजर गर्दैै सीसीटीभी क्यामेरा जडान गरिएको छ । 

हेटौंडामा कूल १ लाख ४ हजार ४७३ मतदाता रहेकामा ७३ हजार ४१४ जनाको मत खसेको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताए । जिल्लाको थाहा नगरपालिका, मनहरि गाउँपालिका, भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका लगायत विभिन्न स्थानीय तहमा मतगणना जारी रहेको उनले जानकारी दिए ।

निर्वाचनअन्तर्गत शुक्रवार जिल्लाको १६५ स्थानमा ३५६ मतदान केन्द्र, उपकेन्द्रबाट मतदाताले मतदान गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्