
भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा कांग्रेसले अग्रता कायम राखेको छ । १२ सय मत गणना हुँदा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार सुरेन्द्र श्रेष्ठले ६४२ मत पाएका छन् । एमालेका मदनसुन्दर श्रेष्ठले ४३५ मत पाएका छन् ।
त्यसै गरी उपमेयरमा एमालेकी उत्तरा नेपालले ५१० र माओवादीका विजय कृष्ण श्रेष्ठले ४३८ मत पाएका छन् ।