
धनुषाको धनौजी गाउँपालिकामा प्रारम्भिक मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ ।
एमालेबाट अध्यक्षका उम्मेदवार रामबाबु साहले ५८ मत पाएका छन् भने नेपाली कांग्रेसका राजकुमार साहले ५० मत पाएका छन् ।
लोसपाका अध्यक्ष उम्मेदवार जीवेन्द्र झाले ३४ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा नेकपा एमालेकी रुवदा खातुनले ७० मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी रामवती देवी मण्डलले ५४ मत प्राप्त गरेका छन् ।