२१ असार २०८३, आइतबार

ताप्लेजुङको मेरिङदेन-६ मा एमालेको प्यानल विजयी

बैशाख ३१, २०७९
ताप्लेजुङको मेरिङदेन-६ मा एमालेको प्यानल विजयी

स्थानीय तह निर्वाचनमा ताप्लेजुङको मेरिङदेन गाउँपालिका-६ नम्बर वडामा नेकपा (एमाले)को प्यानलन विजयी भएको छ । 

नेपाली कांग्रेसका उम्मेदवारलाई १३२ मतले पछि पार्दै एमालेको प्यानल विजयी भएको हो । 

एमालेको तर्फबाट उम्मेदवार मनोजकुमार तुम्बाहाम्फेले कांग्रेसका ठाकुरसिंह लिम्बूलाई पराजित गरी वडाध्यक्षमा विजयी प्राप्त गरेका छन् । तुम्बाहाम्फेले ४५६ मत प्राप्त गरेका थिए । प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार लिम्बूले ३२४ मत प्राप्त गरेका थिए । 

१३२ मतले लिम्बू पराजित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै सदस्य पनि एमालेका उम्मेदवार विजयी भएसँगै मेरिङदेनको ६ नं वडामा प्यानलनै एमाले पार्टीले विजय प्राप्त गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्