
धनुषाको विदेहनगर नगरपालिकामा एमालेले अग्रता लिएको छ ।
यहाँ एमाले र नेकपा एकीकृत समाजवादीबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
१२५ मत गन्दा मेयरमा एमालेका उम्मेदवार बेचनदास तत्माले ३५ मत ल्याएका छन् । नेकपा एसका राजकिशोर रोहिता यादवले ३२ मत ल्याएका छन् ।
नेपाली कांग्रेसका योगेन्द्रप्रसाद यादवले २३, नेकपा माओवादी केन्द्रका दुखि मण्डलले २ मत मात्र ल्याएका छन् ।
त्यसै गरी नेपाली कांग्रेसका बागी उम्मेदवार पूर्व एसएसपी गोविन्दकुमार साहले १७ मत र लोसपाका इन्द्रनारायाण मण्डल केवटले ९ मत ल्याएका छन् ।