
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली कांग्रेसले अग्रता जारी राखेको छ ।
भैरहवाका नामले परिचित सिद्धार्थनगरमा कांग्रेसले शुरूदेखि नै अग्रता कायम गरेको छ ।
१ हजार २०० मत गणना हुँदा कांग्रेसबाट मेयरका उम्मेदवार ईश्तियाक अहमद खानले ५९८ प्राप्त गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार सागरप्रताप राणाले २७४ मतका साथ दोस्रोमा छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका मातृकाप्रसाद यादवले १०९ र नेकपा एमालेका डा. रामप्रसाद बस्यालले ९४ मत प्राप्त गरेका छन ।
गत निर्वाचनमा सिद्धार्थनगरमा नेकपा एमालेले मेयर उपमेयरसहित बहुमत वडामा जीत निकालेको थियो ।