
पाल्पाको तिनाउँ गाउँपालिकामा मतगणना शुरू भएको छ ।
शुरूआती मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ ।
हालसम्म १०० मत गणना हुँदा एमालेका प्रेम श्रेष्ठले ६३ र नेकपा माओवादी केन्द्रबाट गठबन्धनका उम्मेदवार राजेश श्रेष्ठले ३६ मत प्राप्त गरेको छ ।
अहिले १ नम्बर वडाको मतगणना भइरहेको छ । तिनाउँका कूल ६ वडामा १० हजार ३९७ मत खसेको छ । तिनाउमा यसअघि एमाले जीत निकालेको थियो ।