
माओवादी केन्द्रले डोल्पाबाट खाता खोलेको छ । स्थानीय तहको निर्वाचनमा डोल्पाको जगदुल्ला गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रका नारासिंह रोकायाले जितेका छन् ।
उक्त गाउँपालिकाको उपाध्यक्षमा पनि माओवादी केन्द्रकी अमृता बोहोराले जितेकी छन् ।
माओवादी केन्द्रका नारसिंह रोकायाले ७७० मत ल्याएका छन भने उनका निकटम प्रतिस्पर्धि एमालेका हेमबहादुर महतराले ७४६ मत ल्याएका छन् ।
त्यसैगरी, उपाध्यक्षमा अमृता बोहोराले ७५९ मत ल्याएर विजयी भएकी छिन् । एमालेकी चन्द्रावति थापाले ७४९ मत मात्रै ल्याइन ।
जगदुल्लामा माओवादी केन्द्रले ३ वडा अध्यक्ष जितेको छ ।
उक्त गाउँपालिकामा माओवादी केन्द्र, कांग्रेस र एकीकृत समाजावादीले गठबन्धन गरेका थिए ।
एमाले एक्लै चुनावी प्रतिस्पर्धामा थियो ।