३० असार २०८३, मंगलबार

गुल्मीको रेसुङ्गा नगरपालिकामा झण्डै १२ सय मतान्तरसहित कांग्रेसका खिलध्वज अगाडि

बैशाख ३१, २०७९
गुल्मीको रेसुङ्गा नगरपालिकामा झण्डै १२ सय मतान्तरसहित कांग्रेसका खिलध्वज अगाडि

गुल्मी जिल्लाको सदरमुकाम रहेको रेसुङ्गा नगरपालिकामा कांग्रेसले मतान्तर बढाउँदै लगेको छ ।

शनिवार राति ९ बजेको नतिजा अनुसार कांग्रेस उम्मेदवार खिलध्वज पन्थीले ७ हजार २ सय ९८ मत प्राप्त गरेका छन् । 

नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डेले ६ हजार १ सय ३ मत प्राप्त गरेका छन् । दुईबीचको मतान्तर १ हजार १ सय ९५ छ । नगरपालिकाका अधिकांश वडामा कांग्रेस उम्मेदवार विजयी भएका छन् ।

पन्थी कांग्रेसको जिल्ला सभापति हुन् । एमाले उम्मेदवार रहेका पाण्डे वरिष्ठ इन्जिनियर हुन् । सरकारी जागिरबाट विदा लिएर मेयरमा प्रतिष्पर्धा गरेका थिए । 

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको निर्वाचन क्षेत्र पर्छ । रेसुङ्गामा २०७४ सालको निर्वाचनमा नेकपा एमाले विजयी भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्