
चासोका साथ हेरिएको पोखरा महानगरको मेयर पदमा नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले शुरूआती अग्रता लिएका छन् ।
शनिवार ढिलागरी शुरू भएको मतगणनामा थापाले झिनो अग्रता हासिल गरेका हुन् ।
शनिवार राति ९ बजेको विवरण अनुसार थापाले ६० मत प्राप्त गरेका छन् भने गठबन्धनका धनराज आचार्यले ५० भोट प्राप्त गरेका छन् ।
सत्ता गठबन्धनबीच तालमेल गर्दा पोखरा नेकपा एसले प्राप्त गरेको छ ।
उपमेयरमा पनि नेकपा एमालेकी उम्मेदवार मञ्जु गुरुङले ६० मतसहित अग्रता लिएकी छिन् । कांग्रेसकी कोपिला रानाभाटले ५९ मत प्राप्त गरेकी छिन् ।