
गुल्मीको रेसुङ्गा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका खिलध्वज पन्थी विजयी भएका छन्।
पन्थीले ८ हजार छ सय १४ मत ल्याएर नेकपा एमालेका राजेन्द्र पाण्डेयले पराजित गर्दै मेयरमा विजयी विजयी भए ।
पाण्डेले सात हजार तीन सय २० मत ल्याएका छन्।
त्यस्तै उपप्रमुखमा पनि कांग्रेसकै अमृतादेवी कुँवर विजयी भएकी छन्।
उनले एमालेकी रिता पाण्डेलाई पराजित गरेकी हुन्।
कांग्रेसले रेसुङ्गा नगरपालिकामा १४ वटा वडा मध्ये १० वटा वडामा प्यानल सहित विजयी हासिल गरेको छ।
वडा नम्बर एकमा वडा अध्यक्ष बाहेक बाँकी सबै सदस्य कांग्रेसबाट निर्वाचित भएका छन्।
एमाले उपमहासचिव प्रदीप ज्ञवाली र कांग्रेस नेता चन्द्र भण्डारीको निर्वाचन क्षेत्र पर्ने यो नगरपालिकामा २०७४ सालको निर्वाचनमा नेकपा एमाले विजयी भएको थियो ।