
काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–३ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
स्वतन्त्र उम्मेदवार आकाश धितालले ५१२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी राजेन्द्र खड्काले ४७४ मत ल्याए ।
धिताल २०७४ सालमा पनि स्थानीय तह निर्वाचनमा कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए । यसपालि पार्टीले टिकट नदिएको भन्दै उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।