२१ असार २०८३, आइतबार

नगराइन नगरपालिकामा कांग्रेसको अग्रता कायमै

नगराइन नगरपालिकामा कांग्रेसको अग्रता कायमै

नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिको गृहनगर धनुषाको नगराइन नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । 

कांग्रेसका मेयर उम्मेदवार विनयकुमार यादवले ११९५ मत ल्याएका छन् । 

नेकपा एमालेका उम्मेदवार रामबाबु पंजियारले ७०९ मत ल्याएका छन् । 

त्यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मेयर उम्मेदवार राजेश चौधरीले ५१९ मत मात्र ल्याएका छन् ।

त्यसैगरी, उपमेयरमा पनि नेपाली कांग्रेसकी रंजुकुमारी साहले ११४८ मत ल्याएर अग्रता लिएकी छन् । 

एमालेकी राधादेवी यादवले ७५७ र लोसपाकी उर्मिला देवी मण्डलले ३७० मत ल्याएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्