१२ साउन २०८३, मंगलबार
स्थानीय चुनाव

थुलुङ दुधकोशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

थुलुङ दुधकोशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा माओवादी केन्द्रका अशिम राई अध्यक्षमा विजयी भएका छन् । 

उनले नेपाली कांग्रेसका वीरबहादुर गुरूङलाई पराजित गरेका हुन् । 

माओवादी केन्द्रका राइले ४ हजार ४९ मत ल्याएर विजयी भएका हुन् । निकटम प्रतिद्वन्द्वी कांग्रेसका वीरबहादुर गुरूङले ३५ सय ४१ मत मात्रै पाए । 

उक्त गाउँपालिकामा एमालेले भने १६ सय १ मत ल्याएर तेस्रो स्थानमा रह्यो । 

त्यसैगरी, थुलुङ दुधकोशी गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकै सविता राई विजयी भएकी छिन् । उनले ३ हजार ८०० मत पाइन । उनले कांग्रेसकी एक कुमारी बस्नेत कार्कीलाई पराजित गरेकी हुन् । 

कार्कीले ३ हजार ५२३ मत मात्रै पाइन् । एमालेकी कल्पना गिरीले भने १७ सय ४६ मत पाएर तेस्रो स्थानमा रहिन् । 

थुलुङ दुधकोशी गाउँपालिकाको ९ वटा वडामध्ये ५ वटा वडाको अध्यक्ष माओवादी केन्द्रले जितेको छ । ४ वटा वडाको अध्यक्ष भने कांग्रेसले जितेको छ । 

salt training

कमेन्ट गर्नुहोस्