
कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले जितेको छ ।
सो पालिकामा कांग्रेसका मिनबहादुर गुरुङ ७०९९ मत सहित निर्वाचित भएका छन् ।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका विक्रम गुरुङले ६ हजार ६१७ मतमात्रै ल्याउन सके ।
उपाध्यक्षमा पनि कांग्रेसकै सीता अधिकारी ६ हजार ३७६ मतसहित निर्वाचित भएकी छन् ।
उनकी प्रतिद्वन्द्वी एमालेकी सीता तिवारीले ५ हजार ९५१ मत प्राप्त गरिन् भने माओवादी केन्द्रकी प्रविणा अधिकारीले ९७३ मत प्राप्त गरिन् ।
माछापुच्छ्रे गाउँपालिकामा यसअघि एमालेले जितेको थियो ।