
डोटीको बोगाटन फुड्सिल गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जितेको छ ।
गाउँपालिका अध्यक्षमा २६ मतान्तरले माओवादीका कमलबहादुर गडसिला विजयी भएका छन् ।
एमालेका हस्तबहादुर बुढाले २ हजार २४ मत ल्याएर अध्यक्ष पदमा पराजित भए ।
कांग्रेसका दिबहहादुर बमले १ हजार ९३४ मत मात्रै पाए ।
उपाध्यक्षमा कांग्रेसले जितेको छ।
कांग्रेसकी विष्नादेवी कमले २ हजार ६३ मत ल्याएर जित हात पारिन् ।
एमालेकी ज्ञानकुमारी मल्लले १ हजार ९९१ मत पाइन् । माओवादीकी कलावती कुमारी चिमलाले १ हजार ८७१ मत पाइन् ।