
विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका नागेश कोइरालाले अग्रता कायम राखेका छन् ।
१३ हजार ३४० मत गणना हुँदा कोइरालाले ४ हजार २७० मतसहित अग्रता कायम गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी सागर थापाले ३ हजार ७६ मत पाएका छन् ।
स्वतन्त्र उम्मेदवार उमेश यादव १ हजार ३५८ मत ल्याएर तेस्रो स्थानमा छन् ।
उपमेयरमा एमालेकी शिल्पा निरौला कार्की ३ हजार ५२६ मतसहित अग्रस्थानमा छिन् । गठबन्धनका अरबेन्द्र यादवले २ हजार ३५५ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार नमिता न्यौपानले ७६४ मत पाएकी छन् ।