
काठमाडौंको टोखा नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर उम्मेदवार रजनी थापाले आफ्नो अग्रता कायमै राख्न सफल भएकी छन् ।
थापाले ५ हजार ११२ मत ल्याएर अग्रता कायमै राखेकी छन् ।
नेकपा एमालेका मेयर उम्मेदवार तथा निवर्तमान मेयर समेत रहेका प्रकाश अधिकारीले ४ हजार ८९२ मत ल्याएका छन् भने नेकपा माओवादी केन्द्रका शेखर श्रेष्ठले ८१३ मत ल्याएका छन् ।
उपमेयरमा पनि नेपाली कांग्रेसका मुरारी तामाङले ५ हजार ४३ मत ल्याएर अग्रता कायम राख्न सफल भएका छन् भने नेकपा एमालेकी ज्ञानमाया डंगोलले ४ हजार ६२९ मत ल्याएका छन् ।