१२ साउन २०८३, मंगलबार

कैलारीका ३ वटा वडामा कांग्रेस विजयी

कैलारीका ३ वटा वडामा कांग्रेस विजयी

कैलालीको कैलारी गाउँपालिकाको वडा १, २, ३ को अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा-१ को अध्यक्षमा कांग्रेसका धोजपाल बोहरा एक हजार ११५ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का बालकृष्ण डगौराले ६६० मत पाएका छन् । 

वडा २ को अध्यक्षमा कांग्रेसका विकास चौधरी एक हजार ४० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका दयाशंकर चौधरीले ८५६ मत पाएका छन् । 

यसैगरी वडा ३ को अध्यक्षमा कांग्रेसकै सन्तराम चौधरी एक हजार १२ मतसहित विजयी भएका छन् । उनी उक्त वडाको ‘भलमन्सा’को जिम्मेवारीमा पनि छन् । निकटतम प्रतिद्वन्द्वी माओवादीका कैलाश चौधरी ७७३ मत प्राप्त गरेका छन् । 

२०७४ को स्थानीय तहको चुनावमा यी वडाहरूमा माओवादीका उम्मेदवार विजयी भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्