२१ असार २०८३, आइतबार

बाराको परवानीपुरमा लोसपा अघिअघि, जसपा पछिपछि

बाराको परवानीपुरमा लोसपा अघिअघि, जसपा पछिपछि

बाराको परवानीपुर गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीबीच प्रतिस्पर्धा देखिएको छ । लोसपका उम्मेदवारले अग्रता लिँदा जसपाका उम्मेदवार पछिपछि आइरहेका छन् । 

लोसपाका मेयर उम्मेदवार जगतनारायण महतोले १ हजार १६३ मत ल्याएर अग्रता लिँदा जसपाका सञ्जु साह कानुले १ हजार १७ मत ल्याएका छन् । 

नेपाली कांग्रेसका लालबाबुप्रसाद यादवले १ हजार २ मत ल्याएर तेस्रो स्थानमा रहँदा एमालेका रामक्षत्रीप्रसाद कुर्मीले ७९३ मत र नेकपा माओवादी केन्द्रका अजयकुमार कुर्मीले २२५ मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्