२३ असार २०८३, मंगलबार

कञ्चनपुरको लालझाडी गाउँपालिकामा एमाले विजयी

कञ्चनपुरको लालझाडी गाउँपालिकामा एमाले विजयी

कञ्चनपुरको लालझाडी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेले जीत हात पारेको छ ।

अध्यक्षमा एमालेका निर्मल राना ४ हजार ५१६ मत ल्याएर निर्वाचित भएका छन् । उपाध्यक्षमा एमालेकै सपना चौधरी ३ हजार ५६१ मत ल्याएर निर्वाचित भएकी छन् । 

अध्यक्षमा नेकपा माओवादी केन्द्रका मदनसेन ​वडायकले २ हजार ८५८ र नेपाली कांग्रेसका श्रीकृष्ण रानाले २ हजार ४६८ मत ल्याएका थिए । 

त्यसै गरी उपाध्यक्षमा नेपाली कांग्रेसकी राधा रानाले ३ हजार ४९३ र नेकपा माओवादी केन्द्रकी सत्यदेवी महराले २ हजार ७३२ मत ल्याएकी थिइन् । 

salt training

कमेन्ट गर्नुहोस्