
नेपाली कांग्रेसको गढ मानिने स्याङ्जाको वालिङ नगरपालिकाको मेयरमा नेकपा एमालेका कृष्ण खाणले अग्रता लिएका छन् । सोमवार दिउँसोसम्मको मतगणनामा एमालेका खाणले ६ हजार ९३३ मतसहित अग्रता लिएका हुन् ।
कांग्रेसका दिलीपप्रताप खाणले ५ हजार ५६५ मत पाएका छन् । २०७४ सालको निर्वाचनमा दिलीप मेयर निर्वाचित भएका थिए । एउटै स्कुलमा पढेका र सँगै पढाएका खाण मेयरमा भिडेका थिए ।
उपमेयरमा भने नेपाली कांग्रेसकी कविता तिवारी ५ हजार ७३० मतसहित प्रतिष्पर्धा गरिरहेकी छन् ।
वालिङ एमाले सचिव पद्मा अर्याल र कांग्रेस नेता गोपालमान श्रेष्ठको निर्वाचन क्षेत्र पनि हो ।