
विराटनगर महानगरपालिकामा जारी मतगणनामा नेपाली कांग्रेसका नागेश कोइरालाले अग्रता कायम राखेका छन् ।
१८ हजार ६१८ मत गणना गर्दा विराटनगर महानगरमा कोइरालाले ५ हजार ९०८ मत ल्याएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागर थापाले ४ हजार ३१३ मत प्राप्त गरेका छन् ।
यस्तै स्वतन्त्रतर्फका उमेश यादवले १ हजार ९८३ मत ल्याएका छन् ।
महानगरको उपमेयरमा एमालेकी शिल्पा कार्कीले ४ हजार ९३३ मत सहित अग्रता कायम राखेकी छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी जसपाका अरमेन्द्र यादवले ४ हजार ३१३ मत ल्याएका छन् ।