
सर्लाहीको बलरा नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।
नगर प्रमुखमा माओवादीका रामशंकर प्रसाद कुशवाहा ४ हजार ६४३ मत ल्याएर निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अभयकुमार सिंहले ३ हजार ६३१ मत, नेपाली कांग्रेसका कौशल किशोर सिंहले २ हजार ६८१ मत ल्याएका छन् ।
उपप्रमुखमा माओवादीकी कोशीला देवीले ४ हजार ३५१ मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपा नेपालकी राग्नी देवीले ३ हजार ७४० मत, नेपाली कांग्रेसकी किरण देवीले ३ हजार ८७ मत ल्याएकी छन् ।