२१ असार २०८३, आइतबार

स्थगित भएका ६ जिल्लाका १४ केन्द्रमा आज मतदान हुँदै

स्थगित भएका ६ जिल्लाका १४ केन्द्रमा आज मतदान हुँदै
फाइल तस्वीर।

वैशाख ३० गते स्थगन भएको १४ मतदान केन्द्र तथा उम्मेदवार मृत्यु भएको दुई पालिकामा मंगलवार मतदान जारी छ । 

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार वैशाख ३० गते अवरुद्ध भएको ६ जिल्लाको १४ मतदान केन्द्रमा आज बिहान ७ बजेदेखि मतदान जारी रहेको हो । 

स्थगन भएको मध्ये कञ्चनपुर पुनर्वासको ३ मतदान केन्द्र, काभ्रेको पाँचखालको २, बाजुराको बुढीनन्दाको १, अछामको पचदेवलको २ , सिरहाको गोलबजारको ४ र सर्लाहीको वरहथवाको २ मतदान केन्द्रमा मतदान जारी छ । 

त्यसै गरी उम्मेदवारको मृत्यु भएका कारण चुनाव नभएको दाङको तुलसीपुर-१७ र कपिलवस्तुको महराजगंज नगरपालिकामा मतदान भइरहेको अर्यालले लोकान्तरलाई जानकारी दिए । 

कमेन्ट गर्नुहोस्