२२ असार २०८३, सोमबार

बुवाको हत्या आरोपमा छोरा पक्राउ

असार २१, २०८३
धादिङ
बुवाको हत्या आरोपमा छोरा पक्राउ

६० वर्षीय बुवा धननारायण सुनारको हत्या गरेको अभियोगमा उनकै छोरा पक्राउ परेका छन् ।​ 

पक्राउ पर्नेमा गङ्गाजमुना गाउँपालिका-४ यार्सा बस्ने ३५ वर्षीय सुजन सुनार छन् । उनलाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सुजनले फलामको रड प्रहार गर्दा धननारायण गम्भीर घाइते भएको भन्ने खबर प्राप्त ​हुनासाथ इलाका प्रहरी कार्यालय फुलखर्कबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते भएका धननारायणको ग्रामीण अस्पताल फुलखर्कमा उपचारका क्रममा मृत्यु भएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्