०३ साउन २०८३, आइतबार
स्थानीय चुनाव

भरतपुरमा रेणुले फराकिलो बनाउँदै मतान्तर, २१३ मतले अगाडि

भरतपुरमा रेणुले फराकिलो बनाउँदै मतान्तर, २१३ मतले अगाडि

चितवनको भरतपुर महानगरपालिकामा जारी मतगणनामा गठबन्धनकी मेयरको उम्मेदवार रेनु दाहालले अग्रता बढाएकी छिन । 

दिउँसो साँढे ३ बजेसम्मको विवरण अनुसार दाहाल एमाले उम्मेदवार विजय सुवेदीभन्दा २१३ मतले अगाडि छिन । 

दाहालले ६ हजार ६३६ मत पाउँदा एमालेका विजय सुवेदीले ६ हजार ४२३ मत पाएका छन् । 

पाँच दलीय गठबन्धनमा भरतपुरको मेयर माओवादी केन्द्रको भागमा परेको थियो । माओवादी केन्द्रले निवर्तमान मेयर दाहाललाई नै पुनः उम्मेदवार बनाएको हो । 

स्थानीय चुनावमा गठबन्धन गरेर मेयर माओवादी केन्द्रलाई दिएपछि चितवनमा असन्तुष्ट बनेका कांग्रेसकोतर्फबाट उम्मेदवार बनेका जगन्नाथ पौडेलले भने ३ हजार २३७ मत पाएका छन् । 

उनी बागी उम्मेदवार बनेको भन्दै कांग्रेसले कारबाही गरिसकेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्