
सर्लाहीको बलरा नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।
मेयरमा माओवादीका रामाशंकर प्रसाल कुशवाहा ४ हजार ६४३ मत सहित विजयी भएका हुन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका अभयकुमार सिंहले ३ हजार ६३१ मत पाए ।
नगरपालिकाको उपमेयरमा माओवादीकै कोशिला देवी निर्वाचित भइन् ।
उनले ४ हजार ३५१ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका रागनी देवीले ३ हजार ७४० मत प्राप्त गरिन् ।