
भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाएकी छन् ।
बुधवार बिहानसम्ममा २४,३८५ मतको गणना हुँदा रेनुले ८ हजार ६२३ मतसहित अग्रता लिइरहेकी हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले ७ हजार ६४३ मत पाएका छन् ।
सुवेदीभन्दा रेनु ९८९ मतान्तरले अगाडि छिन् ।
मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ३ हजार ९६५ मत पाएका छन् ।