
संखुवासभाको चैनपुर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।
नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
एमालेका उम्मेदवारहरू मेयर पदमा कृष्णकुमार तामाङ र उपमेयरमा एलिना श्रेष्ठ निर्वाचित भएका छन् ।
तामाङ ६ हजार ७५७ मत ल्याएर निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार ज्ञानबहादुर कार्कीले ५ हजार ९४० मत ल्याएका छन् ।
उपमेयर पदमा श्रेष्ठले ६ हजार ३०५ मत ल्याएर विजयी हुँदा गठबन्धनबाट माओवादी केन्द्रका लाखमान तामाङले ५ हजार ४३० मत पाएका छन् ।