०३ साउन २०८३, आइतबार

सर्लाहीको मलंगवामा कांग्रेसको जीत

सर्लाहीको मलंगवामा कांग्रेसको जीत

सर्लाहीको मलंगवा नगरपालिकामा नेपाली कांग्रेसले जीत हात पारेको छ । 

कांग्रेसका नागेन्द्रप्रसाद यादव ९ हजार ७८ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका निरसल साहले ४ हजार ६३९ मत, नेकपा एमालेका शमिम खाँले २ हजार १९५ मत, नेकपा माओवादी केन्द्रका अब्दुर रहीम मिकरानीले १ हजार ४५१ मत र नेकपा एकीकृत समाजवादीका देवन्द्र रायले १ हजार ४१७ मत ल्याएका छन् ।

त्यसै गरी उपप्रमुखमा पनि कांग्रेसकी शकुन्तलादेवी यादव ५ हजार १४३ मत ल्याएर निर्वाचित भएकी छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी पानो देवीले ५ हजार १३९ मत, नेकपा माओवादी केन्द्रकी चुनुदेवी चौधरीले १ हजार ५१८ मत र नेकपा एसकी गुलावहार बेगमले १ हजार ४३३ मत ल्याएकी छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्