०२ साउन २०८३, शनिबार
स्थानीय चुनाव

कांग्रेस उपसभापति र एमाले सचिवको जिल्ला स्याङ्जामा एमाले ६ र कांग्रेस ५ पालिकामा विजयी

कांग्रेस उपसभापति र एमाले सचिवको जिल्ला स्याङ्जामा एमाले ६ र कांग्रेस ५ पालिकामा विजयी

नेपाली कांग्रेसको प्रभाव रहँदै आएको स्याङ्जामा यसपटक नेकपा एमालेले धेरै स्थानीय तहमा जीत हासिल गरेको छ ।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा एमालेकी सचिव पदमा अर्यालको गृहजिल्ला स्याङ्जामा नेकपा एमालेले ६ स्थानीय तहमा जीत हासिल गरेको छ । 

११ स्थानीय तहमध्ये हालसम्म १० पालिकाको नतिजा आएकोमा एमालेले ६ र कांग्रेसले ४ स्थानीय तह जितेका छन् । मतगणनाअन्तिम चरणमा पुगेको चापाकोटमा नेपाली कांग्रेसले फराकिलो अग्रता बनाएको छ, त्यहाँ कांग्रेसले जित्ने देखिन्छ । 

आँधीखोला गाउँपालिका, कालीगण्डकी गाउँपालिका, फेदिखोला र हरिनास गाउँपालिकामा एमाले विजयी भएको छ । वालिङ र विरुवा नगरपालिकामा एमाले विजयी भएको छ ।

गल्याङ, पुतलीबजार र भीरकोट नगरपालिका तथा अर्जुन चौपारीमा नेपाली कांग्रेस विजयी भएको छ । चापाकोटमा देबबहादुर खाँणले फराकिलो अग्रता बनाएका छन् । नेपाली कांग्रेसको तर्फबाट अर्जुन चौपारीमा कांग्रेसका प्रकाश तिवारी, गल्याङमा गुरुप्रसाद भट्टराई, पुतलीबजारमा तुलसीराम रेग्मी तथा भीरकोटमा गोविन्दबहादुर कर्मचार्य विजयी भएका छन् । 

यसअघिका मेयर दिलीपप्रताप खाँणलाई पराजित गर्दै वालिङमा एमालेका कृष्ण खाँण, आँधीखोलामा विश्वनाथ पौडेल, कालीगण्डकीमा खिमबहादुर थापा विजयी भएका छन् । फेदीखोलामा घनश्याम सुवेदी र हरिनासमा खिमनारायण मानन्धर विजयी भएका छन् । 

गल्याङमा पार्टीका जिल्ला अध्यक्ष समेत रहेका सूर्यप्रसाद गैरे ‘पारस’ पराजित भएका छन् । विगतमा माओवादीमा रहेका गैरेले नेकपा विभाजनपछि एमाले रोजेका थिए । 

विगतमा कांग्रेस नेता प्रकाशमानको गढ भनेर चिनिएको स्याङ्जामा यसपटक एमालेले राम्रो प्रदर्शन गरेको छ । देशका अन्य भेगमा गठबन्धन बने पनि स्याङ्जामा दलहरू एक्लाएक्लै चुनाव लडेका थिए ।

पुतलीबजारमा यसअघि एमालेले जितेको थियो भने वालिङमा कांग्रेसले जितेको थियो । कांग्रेस र एमालेले यी नगरपालिका एकअर्कोसँग साटफेर गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्