२९ असार २०८३, सोमबार

मेलम्ची नगरपालिकामा कांग्रेसले खोस्यो एमालेको विरासत

मेलम्ची नगरपालिकामा कांग्रेसले खोस्यो एमालेको विरासत

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा नेपाली कांग्रेसले नेकपा एमालेको विरासत खोसेको छ। 

प्रमुखमा कांग्रेसका आइतमान तामाङले ९३ मतको अन्तरले जितेका छन्। 

११ हजार २५८ मत ल्याएर उनी निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बालकृष्ण देउजाले १० हजार १ सय ६४ मत ल्याएर पराजित भएका हुन्। 

यस अघिको निर्वाचनमा नेकपा एमालेका डम्बर अर्याल ८ हजार ७६८ मत ल्याएर निर्वाचित भएका थिए।

त्यसै गरी उपमेयरमा एमालेकी उमा प्रधान १० हजार १६४ मत ल्याएर निर्वाचित भएकी छन्। 

उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुमारी तामाङले ८ हजार ३६४ मत ल्याएकी छन्।
 

salt training

कमेन्ट गर्नुहोस्