१२ साउन २०८३, मंगलबार

विराटनगरमा नागेश र शिल्पाको अग्रता बढ्दै, कसको कति मत ?

विराटनगरमा नागेश र शिल्पाको अग्रता बढ्दै, कसको कति मत ?

विराटनगर महानगरपालिकामा नागेश कोइरालाले फराकिलो  अन्तर बनाएका छन् । 

४९ हजार २ सय ४३ मत गणना हुँदा कोइरालाले १६ हजार ३ सय ७१ मत ल्याएका छन् भने एमालेका सागर कुमार थापाले १२ हजार ७६ मत ल्याएका छन् ।

कोइराला र थापाको मतान्तर चार हजार २ सय ९५ रहेको छ । 

 स्वतन्त्र उमेश यादवले ४हजार ९ सय ३९ मत ल्याएका छन् । 

यस्तै राप्रपाका प्रलाद प्रसाद साहले ३ हजार २ सय ७५ मत मात्रै पाएका छन् । 

उपमेयरमा एमालेकी शिल्पा कार्कीले १३हजार ७सय २१ मत ल्याएकी छिन् । 

गठबन्धनका जसपाका  अरमेन्द्र यादवले भने ८ हजार २ सय ४८ मत ल्याएका छन् । 

उनले बिन्दा कुमारी लुइँटेल आचार्यले भने ३ हजार ९ सय ४५ मत ल्याएका छिन् । 

स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले भने २ हजार ८ सय ७२ मत मात्रै पाएकी छिन्  ।
 

salt training

कमेन्ट गर्नुहोस्