२३ असार २०८३, मंगलबार

कपिलवस्तुमा जसपाले खोल्यो खाता

कपिलवस्तुमा जसपाले खोल्यो खाता

कपिलवस्तुमा जनता समाजवादी पार्टीले पहिलो जीत हात पारेको छ । 

कपिलवस्तु नगरपालिका नगर प्रमुखमा जसपाका सुदीप पौडेल ११ हजार ९०६ मतसहित विजयी भएका छन् । 

३ हजार १ सय २४ मतान्तरले पौडेल निर्वाचित भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजेशकुमार गुप्तले ८ हजार ७ सय ८२ मत ल्याएका थिए ।

 त्यस्तै, उपप्रमुखमा जसपाकै सुनिता गुप्ता विजयी भएकी छन् । उनले ९ हजार ५ सय ७० मत ल्याई विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी तुलसादेवी पाण्डेले ९ हजार ३ सय ७९ मत ल्याएकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्