
भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम राखेकी छन् ।
बिहीवार बिहान साढे ४ बजेको अपडेट अनुसार दाहालले १४ हजार ३७७ मत ल्याएकी छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले ११ हजार ४३१ मत ल्याएका छन् ।
यस्तै नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ५ हजार ९९७ मत ल्याएका छन् ।