
काठमाडौं महानगरका स्वतन्त्रबाट मेयर उम्मेदवार बालेन साहको मत साढे २३ हजार नाघेको छ ।
५९ हजार ८९७ मत गन्दा बालेनले २३ हजार ५८४ मत पाएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १२ हजार ३८० मत पाएका छन् ।
स्थापितभन्दा बालेनले ११ हजार २०४ मत बढी ल्याएका छन् ।
यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ११ हजार ४९९ मत ल्याएकी छन् ।