
भरतपुर महानगरपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् ।
४३ हजार ३५३ मतगणना हुँदासम्म दाहालले ३ हजार २७१ मतको अग्रता लिएकी हुन् ।
रेनुले १६ हजार ४४७ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १३ हजार १७६ मत पाएका छन् ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६७९९ मत पाएका छन् ।