२८ असार २०८३, आइतबार

रोहिणी अध्यक्षमा जसपा, उपाध्यक्षमा राप्रपा

रोहिणी अध्यक्षमा जसपा, उपाध्यक्षमा राप्रपा

रुपन्देहीको रोहिणी गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी नेपाल (जसपा) का उम्मेदवार विद्याप्रसाद यादव विजयी भएका छन् । 

यादवले ७ हजार ४९६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ताहिर अलिले ६ हजार ४५८ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा राप्रपाकी उम्मेदवार शिवकान्ति चमार ६ हजार १५४ मत प्राप्त गरी विजयी भएकी छन् । उनकी  प्रतिद्वन्द्वी जसपाकी रीमा मिश्राले ५ हजार ९०२ मत प्राप्त गरेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्